ट्रेलर सहित ‘जार’को प्रदर्शन घोषणा, बैशाख २६ मा आउने

२८ चैत २०८१ ६:२८

फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको बिहिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक भएको हो।

साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेको यो चलचित्रको ट्रेलरसंगै निर्माणपक्षले प्रदर्शन मिति समेत घोषणा गरेको छ। यो चलचित्र अब नेपालमा बैशाख २६ गते प्रदर्शन हुने जनाइएको छ ।

फूर्वा छिरिङ लामाले निर्देशन गरेको यो चलचित्रले सम्बन्धको कथा पेश गर्छ। भारतको सिक्किममा छायांकन गरिएको यो चलचित्रको शीर्ष भूमिकामा गीताञ्जली थापा, अनुपविक्रम शाही र सौगात मल्ल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *