‘खुस्मा’ टिमको ‘जलाकी’ निर्माण घोषणा

२३ चैत २०८१ ५:१२

‘खुस्मा’ निर्माण टिमले नयाँ चलचित्र निर्माणको घाषणा गरेको छ । अशोक थापा मगरले निर्देशन गर्ने चलचित्रको नाम ‘जलाकी’ राखिएको छ । शुक्रबार चलचित्रको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दैनिर्माण घोषणा गरिएको हो ।

पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको चलचित्रको छायांकन बागलुङको कालिका भगवती मन्दिरमा गरिएको हो । त्रिकोणात्मक प्रेम कथामा आधारित चलाचित्रना ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेका छ । साथमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

तिन चरणमा छायांकन हुने यसले कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको चलचित्रले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ । चलचित्रका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *