‘कर्मा’को ट्रेलरमा भ्रष्ट समाज र सिधा युवाको कथा

२१ चैत २०८१ ६:२८

यहि चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने एक्सन ड्रामा चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलाई देख्न सकिन्छ।

सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ । प्रेमसँगै आमाको आशिवार्द र निर्दयी समाजको कथा यसले पेश गरेकोछ।

विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

सौरभ चौधरीको कथा लेखन तथा निर्देशन रहेको यो चलचित्रमा वसन्त लम्सालको लगानी, भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *