निर्देशक जुनिमको नयाँ फिल्म ‘हे माया’ घोषणा

१९ चैत २०८१ ७:२४

निर्देशक जुनिम गहतराजले नयाँ चलचित्र ‘हे माया’ घोषणा गरेका छन् । आउँदो वर्षको जेठ महिनाबाट छायांकन सुरु हुनेयो चलचित्रमा नाम चलेका कलाकारहरूलाई नै राख्ने निर्माणपक्षले जनाएको छ ।

यो चलचित्रलाई निर्माता दीपक लम्सालले निर्माण गर्दैछन् । दीपकले लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय चलचित्रको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका थिए।

रियल इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण हुन लागेको यो चलचित्र प्रेमकथामा निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ । तर, निर्माणपक्षले यसबारे केहिपनि बताएको भने छैन। अहिले यो चलचित्रको पटकथा तथा संवाद चक्रपाणि सांखीले लेखिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *