‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ रोमान्टिक प्रकाश र स्वस्तिमा
१७ चैत २०८१ ६:२१
यहि चैत्र २२ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘वसन्त’को तेस्रो गीत ‘हेर्दै आँखामा’ रिलिज गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना यो गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक यो गीतको भिडियोलाई नेपाल र भारतको गोवामा खिचिएको छ । गीतमा प्रकाश र स्वस्तिमा रोमान्टिक अवतारमा देखिएका छन् । यो गीतले मानिस जुनसुकै जात, धर्म र वर्गको भएपनि एक नै भएको सन्देश दिने निर्देशक सपुतले जानकारी दिए । सार्वजनिक गीतमा मुख्य पात्रले धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ ।
गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर, सपुतको शब्द र योगेशकाजी शाहको संगीत छ । सुशन प्रजापतिले खिचेको भिडियोमा केवीका खत्रीको कोरियोग्राफी, प्रविन भट्टको सम्पादन छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको कथा, पटकथा तथा संवाद सपुतकै छ । मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन् ।
प्रकाश सपुतको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ ।