अनिलले झुमाए क्लबमा तन्नेरी

१२ भदौ २०७९ १३:४०

 

गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उनले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीत प्रेमी दर्शकनै छैनन् भन्दा पनि फरक पर्दैन। किनकि उनको गायन शैली र गीत नै त्यस्तै छ । संगीत प्रेमी मार्फत रकस्टारको ट्याग पाएका अनिलको गीतमा रम्नेमा युवापुस्ता धेरै छन् ।आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिलले पछिल्लो समय गीतसंगीतमा सक्रियता बढाउदैछन् । केहि अगाडी मात्र गीत ‘रेलिमोई’ सार्वजनिक गरेपछि उनी क्लब म्युजिकल टूरमा छन् ।

अघिल्लो साता लन्डन पवमा आफ्नो प्रस्तुति दिएका अनिलले गएको शनिवार क्लब टेनएक्समा प्रस्तुति दिए । उनले म्युजिकल क्लब टुर अन्तर्गत कन्सर्ट गरिरहेका छन् । उनको म्युजिकल टुरमा ब्याण्ड पनि छ । ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ्ग, ड्रमरमा प्रज्वल निर्वाण रहेका छन् ।

शनिवार भएको ुक्लब टेन एक्सु को कन्सर्टमा स्वदेशीसँगै विदेशी संगीतप्रेमी पनि उपस्थित थिए । आइ लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेसँगै पछिल्लो गीत रेलिमोईसम्म उनले गाए । उनको गीतमा उपस्थित संगीत प्रेमी झुमे । कन्सर्ट झन्डै २ घण्टा जति चलेको थियो । अनिलको हिट गीतहरु ुवान्स मोरु का कारण झन्डै २ पटक गाउँन् बाध्य भएका थिए ।

ुदर्शकको मायाले उत्साहित छ । यो म्युजिकल टुरलाई अझै विभिन्न क्लब र स्थानमा लान्छुु अनिलले भने । उनले यी सब योजना अनुसार नै अगाडी बढेको बताए । ‘योजना अनुसारनै काम अगाडी बढाईरहेको छु । क्लबहरुमा म्युजिकल टुर पश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ’ अनिलले भने । केहि समय कन्सर्टमा मात्र केन्द्रीत अनिलले पछिल्लो समय गीत संगीत सिर्जनामा पनि उत्तिकै समय दिईरहेका छन् । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनु पर्छ’ अनिलले भने । उनले आफू गीतसंगीतसँगै अन्य विविध कामहरूमा रहेको पनि बताएका छन् ।

आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउदैछु’ उनले भने । साथै, उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिटै दर्शक समक्ष ल्याउँदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् । यसपटक उनले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *