रिलिजको एक दिन अगाडि सुखद देखियो ‘ए मेरो हजुर ४’को बुकिङ

३० चैत २०७८ १०:०८

वैशाख १ अर्थात भोलीबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले कस्तो व्यापार गर्छ भन्ने अड्कलबाजी भैरहेको छ । कतिपय चलचित्रकर्मी यो चलचित्र नचलोस् भनेर कामना गरिरहेका छन् भने कतिपय चलचित्रकर्मी यसलाई विदेशी चलचित्रसँगको लडाइको रुपमा वुझिरहेका छन् ।

एक साता अगाडि नै साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २ र ए मेरो हजुर ४’को बुकिङ खुला भएको थियो । तर, हिन्दी डब चलचित्रको बुकिङ आक्रामक हुँदा नेपाली चलचित्रको बुकिङ सुस्त देखिएको थियो । यसमा दर्शकको मनस्थितीले पनि काम गरेको देखिन्छ । हिन्दी चलचित्रको टिकट पाइदैन कि भन्ने सोचमा दर्शक पर्नु, नेपाली चलचित्रको टिकट हलमै गएर काट्ने परिपाटी बस्नुले पनि ‘ए मेरो हजुर ४’को बुकिङ स्लो देखिएको हो । तर, रिलिजको १ दिन अगाडि भने चलचित्रको बुकिङ सुखद देखिन थालेको छ ।

काठमाण्डौंको सीभील मलमा ४ शो मध्ये ३ शो भरिने क्रममा छन् । यस्तै, अवस्था लाबिम मलमा पनि देखिएको छ ।

छाया सेन्टरमा पनि दर्शकले चलचित्र हेर्न उत्साह देखाएका छन् । काठमाडौं बाहिरको बुकिङ पनि सुखद देखिन थालेको छ । अझै, धेरै दर्शक चलचित्र हेर्न हलमै गएर टिकट काट्ने सोचमा रहेकाले पनि बिहिबारको दिन चलचित्रले राम्रो दर्शक पाउने कुरामा शंका छैन ।

अन्य मल्टिप्लेक्समा पनि दर्शकको उपस्थिती सुखद देखिन थालेको छ । ‘केजीएफ २’को सुनामीले यो चलचित्रको इनिसियल व्यापारलाई असर गर्ने त पक्का छ । तर, चलचित्रबाट राम्रो प्रतिक्रिया आएको खण्डमा यो लामो रेशको घोडा बन्नेछ ।

झरना थापाको निर्देशन, सुनिल कुमार थापाको निर्माणमा तयार भएको लभ स्टोरी चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *