सलमानको नयाँ फिल्म ‘किसीका भाई किसीकी जान’

११ भदौ २०७९ ७:००

नायक सलमान खानले बलिउडमा ३४ बर्ष लामो यात्रा पुरा गरेका छन् । बलिउडका ३४ बर्ष लामो यात्रा गरिसकेका सलमानलाई दर्शकले निक्कै प्रेम पनि गर्छन् । उनै, सलमानले बलिउडमा ३४ बर्ष लामो यात्रा गरेको अवसरमा नयाँ चलचित्रको समेत घोषणा गरेका छन् ।

सलमानले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘किसीका भाई किसीकी जान’ राखिएको छ । यो चलचित्रमा सलमान लामो कपालमा प्रस्तुत भएका छन् ।

उनले लेखेका छन्–‘३४ बर्ष पहिला अब थियो । ३४ बर्षपछि पनि अब नै छ । मेरो जीवनको यात्रा जहाँबाट सुरु भएपनि जुन अब २ शब्दबाट बनेको छ । मेरो साथमा रहेकोमा धन्यवाद ।’

सलमानको नयाँ चलचित्र ‘टाइगर ३’ रिलिजको लागि तयार छ । यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । निरन्तर चलचित्र असफल भएकाले पनि सलमानमाथि दबाब भने छ । यसैले, उनी रोजेर काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *