प्रसंग रणवीर–आलिया बिहेः एक अर्काको पहिलो रोजाई थिएनन् लभ बर्ड

३० चैत २०७८ ६:१२

बलिउड नायक रणवीर कपुर र नायिका आलिया भट्ट बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको बिबाह जनवरी १४ देखि १७ तारिखसम्म मुम्बइमा हुँदैछ ।

केही बर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले अन्ततः प्रेमलाई सफल बनाएको छ । तर, रणवीर र आलिया एक अर्काको पहिलो रोजाई भने होइनन् । यसअगाडि पनि उनीहरुको नाम अन्य केही कलाकारसँग जोडिएको थियो ।

नायक रणवीर कपुरको नाम विशेषतः नायिकाद्धय दीपिका पादुकोण र कट्रिना कैफसँग जोडियो । दीपिकासँग प्रेम सम्बन्धमा रहेपछि रणवीरले कट्रिनालाई रोजेका थिए । तर, यी दुबैको प्रेम सम्बन्धन टिक्न सकेन । कट्रिनापछि रणवीरको जीवनमा आलियाको प्रवेश भयो, जुन प्रेम सफल भएको छ ।

रणवीरको नाम अवन्तिका मलिक, नन्दिता मेहतानी, सोनम कपुर, माहिरा खानसँग जोडिएको थियो । तर, दीपिका र कट्रिनासँगको प्रेम सर्वाधिक चर्चामा रह्यो । आलियाको प्रेम सम्बन्ध पनि अन्य केही यूवकहरुसँग थियो । विशेषगरि, नायक सिद्धार्थ मल्होत्रासँग उनको प्रेम केही बर्ष चल्यो ।

अभिनय सुरु गर्नु भन्दा अगाडि आलियाको नाम अली दादकरसँग जोडिएको थियो । यस्तै, हाइक मेसेन्जर एपका संचालक कविन मित्तलसँग पनि उनको नाम जोडिएको थियो । तर, विभिन्न व्यक्तिहरुसँग नाम जोडिएपनि अन्ततः आलिया रणवीरकी जीवनसाथी बन्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *