सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्र ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज छ । भिडियोमा सलोन बस्नेत र मलिका महत फिचर्ड छन् ।
भ्यालेन्टाइन लक्षित गीत रोमान्टिक फ्लेभरको छ । चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरुबीच अंकुराएको प्रेमलाई गीतमा देखाइएको छ ।
सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्य गीतमा हेर्न सकिन्छ । निर्माण पक्षले हालसम्म मलिकाको नाम गोप्य नै राखेको थियो । सलोनकी श्रीमति को हुन्छिन् भन्ने कौतुहलता यो गीतले मेटाइदिएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।