‘एक्टर’को कमाई २८ हजार, निर्माताको हातमा १० हजार मात्र

१७ माघ २०८१ ६:३६

यही माघको ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र एक्टर’ले २८ हजार ८८५ रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपाली बक्स अफिसमा पनि निकै फितलो कमाई गरेको आँकडा सार्वजनिक भएको यो चलचित्र दुई दिन पनि हलमा टिक्न सकेन ।

चलचित्र विकास बोर्डबाट सार्वजनिक भएको आँकडा अनुसार, दुई दिनमा यो चलचित्रले २८ हजार हारहारीको ग्रस कलेक्सन गरेको हो । चलचित्रले २८ हजारको ग्रस कलेक्सन गर्दा निर्माताको हातमा भने जम्मा १० हजार रुपैयाँ मात्र परेको छ ।

यो चलचित्रको निर्माताले माघको १६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘एक्टरः टेक वान’ विरुद्ध मुद्दा दायर गरेका थिए । नाम एउटै भएको भन्दै आफूलाई आर्थिक क्षती भएको दाबी सहित मुद्दा दायर भएको थियो । जसकाकारण, हिजोबाट रिलिजमा आउनुपर्ने चलचित्र ‘एक्टरः टेक वान’ प्रदर्शन रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *