‘दुखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’मा रोमान्टिक दया र आँचल

१५ माघ २०८१ १२:१७

आगामी फागुनको २ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुःखी आत्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले मंगलवार यो चलचित्रको ‘जुनी जुनी भरीलाई’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक यो गीतमा केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीत रहेको गीतलाई उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् । रोमान्टिक शैलीमा तयार पारिएको यो गीतले पनि दर्शकको ध्यान तान्ने आशा गरिएको छ ।

चलचित्रका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई गीतको भिडियोमा फिचरिङ गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ । क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो चलचित्रले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ ।

यो चलचित्रमा दया र आँचलको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *