ओम प्रतिकको निर्देशनमा बन्न लागेको चलचित्र ‘मोहर’को छायांकन सुरु भएको छ । नायक पल शाहको प्रमुख भूमिका रहेको यो चलचित्रको छायांकन सोमबारबाट सुरु भएको हो ।
चुम्बन जंग शाहीको निर्माण रहेको यो चलचित्रको छायांकन काठमाडौंको कागेश्वरीस्थित गागलफेदीबाट थालिएको हो । चलचित्रमा पलको जोडीको रुपमा नायिकाद्धय बेनिशा हमाल र नीति शाह देखिदैछन् ।
काठमाडौंसँगै रोल्पा र दाङमा छायांकन गरिने यो चलचित्रमा मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
दिपेन बस्नेतको छायांकनमा कुमार महर्जनको एक्सन रहेको यो चलचित्रमा सुरेश अधिकारी र एसडी योगीको संगीत रहनेछ ।