गत कार्तिक १५ गते प्रदर्शन भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्यो । अब यो चलचित्रको दोस्रो भाग पनि निर्माण हुने निर्माता विनोद पौडेलले निर्माणको घोषणा गरिसकेका छन् ।
यो चलचित्रको पहिलो भागलाई निर्देशक निर्देशक सरोज पौडेलले निर्देशन गरेका थिए । तर, चलचित्रको दोस्रो भागलाई कसले निर्देशन गर्दैछन् । भन्ने कुरा खुलाईएको छैन् । त्यस्तै, चलचित्रलाई निर्देशक पौडेलले निर्देशन नगर्ने पक्का भइसकेको छ ।
निर्देशक पौडेलले यो चलचित्रको दोस्रो भाग नबनाउन निर्माणपक्षलाई अनुरोध गरेका छन् । यदी दोस्रो भाग बनाउदा आफूले निर्देशन नगर्ने घोषणा गर्दै फेसबुक लेखेका छन्,-‘मैले पूर्ण बहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौँ, यसलाई कमाई खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ, मैले यो चलचित्र दोस्रो भागमा काम गर्दिनँ भनिसकेको छु । सकेसम्म २, ३, ४, ५ बनाउनतिर नलागेर आफ्नो कथाहरू फरक शैलीमा भन्नुपर्दछ, भन्ने मेरो मान्यता हो ।’
उनी अगाडि भन्छन्,–‘मलाई विना जानकारी मैले श्रृजना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् पुर्ण बहादुरको सारङ्गी २ । मैले काम नगरेपनि आवश्यक प्रक्रिया पुरा गरेर अगाडि बढाउनुहोला । सारङ्गी १ ले स्थापित गरेको गरिमा जोगाउनु होला ।’ उनले भने ।
‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्स अफिसमा ४८ करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको छ भने विश्व बजारबाट यो चलचित्रले ७५ करोड ग्रस कलेक्सन गरेको थियो ।