‘मायाबी’को ‘सितारा जडेको’ गीतमा भावुक पल

८ माघ २०८१ ११:५८

चलचित्र ‘मायाबी’ गीतसंगीत र आक्रामक प्रचारका कारण चर्चामा छ । चलचित्रको दुई वटा गीत यसअघि सार्वजनिक भइसकेका छन् । अब, यसको निर्माणपक्षले चलचित्रमा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ ।

यो गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द र दिवाकरकै कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ प्रस्तुत छन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन् । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो चलचित्रमा नेम महर्जनको पनि लगानी छ ।

यो गीतले कथावस्तुको बारेमा केही गहनता बोलेको छ । चलचित्रमा पल र दीपिकाको सम्बन्ध के, उनको भावुकताको कारण के हो भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ । यो चलचित्र आगामी फागुनको १४ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *