‘कोशेढुंगा’मा मुख्य कलाकारको लाइनअप पूरा

८ माघ २०८१ ७:४५

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्र ‘कोशेढुंगा’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । यो चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेका छन् ।

थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्रले चलचित्र लिड गर्ने प्रष्ट संकेत गरिसकेको थियो । तर, त्यो भने निर्देशक पौडेलले खुलाएका छैनन् ।

सोसल ड्रामाको कथा भन्ने यो चलचित्रले अभाव, अग्लो सपना र संघर्षको कथा पेश गर्नेछ । फागुन २ गतेदेखि छायांकन हुने चलचित्र २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् भने संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *