ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’को टीजर सार्वजनिक भएको छ । १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको छ । यो चलचित्र आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउदैछ।
महिला संवेदनामा आधारित रहेको यो चलचित्रको टीजरले एक अर्ग्यानिक अनि गम्भीर विषय उठाएको बुझ्न् सकिन्छ । चलचित्र डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको हो । चलचित्र हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरूमा छायांकन गरिएको निर्देशक आचार्य बताउछन् ।
चलचित्रमा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । चलचित्रको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुवास ठडराई यो फिल्मका सह–निर्माता हुन् ।
आरबि मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भएको यो चलचित्रमा आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।