आगामी फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’ नायक सुशील श्रेष्ठको एक्सनका कारण चर्चामा छ । सुशिलले नेपाली चलचित्रमा अहिलेसम्म प्रयोग नभएको एक्सन यो चलचित्र देख्न सकिने निर्माणपक्षले दाबी गरेकोछ ।
यो चलचित्रका लागि सुशील आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशीलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ ।
यसले, पनि सुशीलको मिहिनेत चलचित्रमा कति छ भन्ने प्रष्ट हुन्छ । निर्माणपक्षका अनुसार, चलचित्रमा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।
विक्की महर्जनले लेखन तथा निर्देशन गरेको यो चलचित्रको केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब, भने चलचित्र रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ ।
अमित अग्रहरिको लगानी रहेको यो चलचित्रमा सुशीलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ ।
चुल्ठे काजीको एक्सन रहेको यो चलचित्रमा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।