यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को अग्रिम बुकिङ खुला गरिएको छ। यो चलचित्रका लागि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले अग्रिम बुकिङ खुला गरेको हो। देशभरका अन्य मल्टिप्लेक्समा भने बुकिङ खुला हुन बाँकी छ ।
क्यूएफएक्सले यो चलचित्रलाई उपत्यकामा २५ र उपत्यका बाहिर ३५ गरी कुल ६० शो प्रदान गरेको छ। उपत्यकामा भक्तपुर, छायाँ सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेप्लेक्स, लबिम मल र राइजिङ मलमा शो हुनेछन्। त्यस्तै, उपत्यका बाहिर विराटनगर, भाटभटेनी बुटवल, नेपालगञ्ज, नारायणगढ, जलमा, बिर्तामोड, दमौली, इटहरी, वीरगञ्ज र पोखरामा प्रदर्शन गरिनेछ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय रहेको छ। चलचित्रमा अमितेष शाह विशेष भूमिकामा देखिनेछन्।
दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता नकिम उद्दिन, सह-कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन र सञ्जय भट्टचन रहेका छन्। सहायक निर्मातामा अमितेष शाह रहेका छन्।
चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्दैछन्।