‘माग्ने राजा’मा आर्यन सिग्देलको प्रवेश

६ माघ २०८१ ७:१३

आगामी फागुन महिनाको पहिलो साताबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देलको इन्ट्री भएको छ । यो चलचित्रको महत्वपूर्ण भूमिकामा अभिनेता सिग्देलले ईन्ट्री मारेका हुन् ।

निर्देशक ऋषि लामिछानेले निर्देशन गर्ने यो चलचित्रको सवै भन्दा महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । पछिल्लो समय लगालग ठूला–ठूला चलचित्रमा देखिन थालेका आर्यनले महाभोजको छायांकन सकाएपछि यो चलचित्रको छायांकन गरिनेछ । माग्ने र आर्यन तेश्रो पटक फिल्मको पर्दामा सँगै देखिन लागेका हुन ।

यो चलचित्रमा आर्यनको भूमिका एक्सटेन्डेन्ट केमियो हुनेछ । सामिप्य राज तिमिल्सनाको पटकथा सम्बादमा रहने चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिका मा देखिनेछन । यि बाहेक अभिनेत्रीमा बर्षा शिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भईसकेका छन । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्दैछन भने संगीत दीपक शर्माले तयार गर्दैछन ।

करिब ३ करोडको लागतमा निर्माण हुन लागेको यो चलचित्रलाई कलाकार समेत रहेका निर्माता एवं हाल दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षका रुपमा समेत चिनिएका मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *