‘जुना’को टिजरमा छोरीले पाउने दुख र पीडाको कथा

१ माघ २०८१ १४:०९

चलचित्र ‘जुना’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्र प्रदर्शन मिती नजिकिदै जादा मंगलबार यसको टिजर सार्वजनिक गरेको हो । यो चलचित्रले बाल बिबाह गर्दा छोरीले पाउने दुख र पीडाको कथा पेश गर्छ ।

जीवन सेन्चुरीको निर्देशन रहेको यो चलचित्रमा अस्मिता ढकाल, कृष्ण प्रसाद धिताल, देशभक्त खनाल र रश्मि भट्टको मुख्य भूमिका छ । चलचित्रका निर्माता दीपक प्रसाद घिमिरे हुन् ।

यही माघको २५ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको टिजरमा सानो उमेरमै छोरीको बिहे गर्दा उसले पाउने दुख, पीडाको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा रामेश्वर हुमागाँइको छायांकन छ ।

थुप्रै स्थानमा च्यारेटी शो समेत भइसकेको यो चलचित्र हेरेर दर्शकहरु रुँदै निस्किएका थिए । कतिपय स्थानमा त चलचित्र हेरेर दर्शकहरु अस्पताल समेत भर्ना भएको निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *