‘पहाड’को टाइटल भिडियो रिलिज

१ माघ २०८१ १३:४५

निर्देशक तुलसी घिमिरे नयाँ चलचित्र ‘पहाड’को टाइटल भिडियो सार्वजनिक गरिएको छ । टाइटल भिडियोमा यो चलचित्रको नाम समावेश छ । निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर चलचित्रको शिर्षक घोषणा गरेका हुन् ।

माघ ६ गतेदेखि छायांकन गर्ने तयारी रहेको चलचित्रको सार्वजनिक टाइटल मोसनलाई ट्राइडेन्ट भिएफएक्सका सुनिल थापाले तयार गरेका हुन् भने पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।

विपिन कार्कीको अभिनय रहने चलचित्रमा लेखन तथा निर्देशन घिमिरेको रहनेछ । चलचित्रमा ओजश्वी केसी निर्माता, प्रमोद प्रधान डिओपी, रञ्‍जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् ।

जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रितिन्छ भन्ने कथालाई प्रस्तुत गर्ने यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा, पञ्चमी घिमिरे लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको चलचित्र नेपालमा वैङ्क्टेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *