गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कार्साङ’ को टिम माघ २ गते पूर्वका विभिन्न हलहलमा पुग्ने भएका छन्। चलचित्रको राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो पहिलो डेब्यु चलचित्रबाट निकै उत्साहित देखिएकाे जनाएकी छिन्।
उनले खुशी व्यक्त गर्दै भनिन्, ‘यो मेरो पहिलो फिल्म हो र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा निकै खुशी छु।’
कार्साङू चलचित्र अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको चलचित्र हो। याम शेर्पाद्वारा निर्देशित यस चलचित्रले सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको संघर्षमय जीवनको कथा प्रस्तुत गर्दछ। आर्थिक विपन्नता र सामाजिक असमानता जस्ता चुनौतीहरूको सामना गर्दै, पात्रले आफ्नो स्वाभिमानका लागि संघर्ष गर्दछ।
यस चलचित्रको प्रमुख भूमिकामा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेकु र दीया मास्के रहेका छन्। ‘कार्साङ’ को रनटाइम १२६ मिनेट रहेको छ र यसको सर्टिफिकेट युनिभर्सल रहेको छ।
चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। विशेषगरी, दयाहाङ र जितु नेपालको अभिनयलाई निकै सराहना गरिएको छ। दर्शकहरूले शेर्पा समुदायको सांस्कृतिक पक्षलाई नजिकबाट बुझ्न पाउने आशा व्यक्त गरेका छन्। निर्देशक यम शेर्पाले भने, ‘हामीले दर्शकबाट चाहिएको माया र अपेक्षा पूरा हुनेगरी चलचित्र निर्माण गरेका छौँ।’
चलचित्र पारिवारिक कथावस्तुमा आधारित यस चलचित्रमा सिर्जना निङ्लेकु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ।