‘ताण्डवम्’को प्रदर्शन मिति घोषणा, फागुन ९ मा आउने

१ माघ २०८१ ५:२७

चलचित्र ‘ताण्डवम्’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै फागुन ९ गतेलाई प्रदर्शन मिती घोषणा गरिएको हो । यो चलचित्र महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन् । यो चलचित्रबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गरेका हुन् । कमल कार्की र गाेपाल कटुवालको पनि चलचित्रमा अभिनय रहेको छ ।

जुनिम गहतराजको निर्देशनमा तयार भएको चलचित्रले नाम जस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टिमले जानकारी दिएको छ । एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानेको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *