छोरा समीरलाई विराजले गरे महँगो गाडी उपहार

२८ पुष २०८१ ७:१९

नायक तथा निर्देशक विराज भट्टले छोरा समीर भट्टलाई महँगो गाडी उपहार दिएका छन् । चलचित्र ‘१२ गाउँ’ले नेपाली बक्स अफिसमा राम्रो कमाई गरेपछि विराजले समीरलाई ‘ल्याण्ड क्रुजर २५०’ उपहार दिएका हुन् ।

नेपाली बक्स अफिसमा मात्र २० करोड माथिको ग्रस कलेक्शन गरेको ‘१२ गाउँ’बाट १० करोड भन्दा बढी नाफा कमाएपछि उनले समीरलाई गाडी गिफ्ट गरेका हुन् ।

चावहिलस्थित टोयोटाको शोरुमा पुगेर गाडी किनेका विराजले उक्त शोरुममा नै केक काटेका थिए । केक काटेपछि विराज आफैले गाडी चलाएर निस्केका थिए ।

समीर अहिले चलचित्र ‘बलिदान’को छायांकनमा व्यस्त छन् । समीरलाई यो गाडी विराजले पूर्व पुगेर गिफ्ट गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *