धिरज र मिरुनाको ‘कुस्ती’मा जोडियो आइआइएफटी

२४ पुष २०८१ ६:०८

बुद्धी तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ मा भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन जोडिएको छ । मंगलवार आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र चलचित्रको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने छन् । कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै, आइआइएफटी प्रमुख सन्नी सुब्बाले यो सहकार्यले नयाँ सुरुआत गरेको बताइन । उनले भनिन्,‘हामीले फेशन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ । तर यसपटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनु हुनेछ । यसले फिल्ममा कलाकारले प्रयोग गर्ने पोशाक र समग्र फेशनमा बदलाव ल्याउने छ ।’

अनिल योञ्जनको लेखन तथा निर्देशन रहने चलचित्र फागुनको पहिलोसातादेखि छायांकन सुरु हुनेछ । अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने यो चलचित्रले सम्बन्धमा रहेको जो छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा भन्नेछ । चलचित्र आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *