निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । ३ मिनेट भन्दा लामो टिजरमा चलचित्रका मुख्य नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् । साथमा अनुपबिक्रम शाही छन् ।
यो चलचित्र आगामी फागुनको २ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्माणपक्षका अनुसार चलचित्र एडल्ट विषयवस्तुमा केन्द्रित छ । टिजरमा द्धिअर्थी लाग्ने संवादहरू प्रशस्त छन् । विशेषगरि, आँचलको संवादले पनि यो कुरा बुझाउँछ ।
क्लक वर्क क्रियशनको व्यानरमा निर्माण गरिएको टिजरमा प्रेम र रोमान्स पनि समेटिएको छ । प्रेम दिवसको अवसर पारेर रिलिजमा आउन लागेको चलचित्रको टिजरमा दयालाई रोमान्टिकसँगै पीडित पनि देखाइएको छ ।
हिमाल कडरियाको लगानी रहेको चलचित्रमा सुदिप ढकाल कार्यकारी निर्माता, आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रमा आँचल र दयाका साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।