निर्देशक मीन भामको चलचित्र ‘शाम्बाला’ ९७औं ओस्कार अवार्डबाट बाहिरिएको छ । नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको यो चलचित्र उत्कृष्ट १५को सर्टलिस्टमा समेत पर्न नसक्दा बाहिरिएको हो ।
बुधवार अस्कर आयोजक संस्था एकेडेमी अफ पिक्चर आर्ट्स एन्ड साइन्सेसले सार्वजनिक गरेको सर्टलिस्टमा ‘शाम्बाला’ सहभागी छैन ।
गत भदौको २८ गते प्रदर्शन भएको थियो ।
अस्ट्रेलियाको एसिया प्यासिफिक अवार्डमा युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड, भारतको मुम्बई फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड, टर्कीको बोसफोरस फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीको अवार्ड जितिसकेको छ ।