‘कार्तिकेय २’ को व्यापारः पहिलो दिन ७ लाख, आठौ दिन ३ करोड

५ भदौ २०७९ १४:३६

चलचित्रको वर्ड अफ माउथ बलियो भने व्यापारमा कसरी छलाङ मार्छ भन्ने उदाहरण भारतमा चलचित्र ‘द काश्मिरी फाइल्स’पछि तेलुगु चलचित्र ‘कार्तिकेय २’ले देखाइरहेको छ ।

यो चलचित्रको हिन्दी भाषामा प्रदर्शन गत शनिबारदेखि प्रदर्शन आरम्भ भएको थियो । शनिबार हिन्दी भाषामा यो चलचित्रले ७ लाखको व्यापार गरेको थियो । तर, बलियो वर्ड अफ माउथका कारण चलचित्रको व्यापार हरेक दिन बढिरहेको छ ।

रिलिजको छैटौ दिन शुक्रबार चलचित्रले २.४६ करोडको व्यापार गर्यो । शनिबार चलचित्रको व्यापार ३.०४ करोड पुगेको छ । चलचित्रले ८ दिनमा हिन्दी भाषामा मात्र ११.२५ करोडको व्यापार गरेको छ ।

यसरीहेर्दा, चलचित्रको व्यापार आगामी दिनमा अझै बढ्ने र यसले ब्लकबस्टर व्यापार गर्ने देखिएको छ । समीक्षक र दर्शकले यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएसँगै यसको व्यापार दिनहुँ बढिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *