टंक बुढाथोकीको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’बाट रमेशको डेब्यु

१४ असोज २०८१ ५:०८

गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा चलचित्र बनाउने घोषणा गरेका छन् । बुढाथोकीले आइतबार चलचित्रको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेसङै चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

सामाजिक कथामा निर्माण हुने यो चलचित्रबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीले अभिनयमा डेब्यु गर्दैछन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट नेपाली रजतपटमा नब नायक रमेश बिकको डेब्यु हुदैछ । निर्देशक टंक बुढाथोकीले चलचित्रमा बिकलाई अनुबन्धित गरेको जनाकारी दिए ।

बिक चर्चित टिकटक स्टार हुन् । उनले यसअगाडि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । टिकटक म्युजिक भिडियो हुँदै उनी चलचित्रमा प्रवेश गर्न लागेका हुन् ।

बुढाथोकीको निर्माण तथा निर्देशन रहने चलचित्रमा लक्ष्मी गिरि कार्यकारी निर्माता तथा बिनय अधिकारी सह निर्माता रहने छन् । टंककै कथा रहेको चलचित्रको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्।

आगामी तिहारपछि छायांकनमा जाने चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नायिका लगायत अन्य कलाकारहरु केहि दिनमा फाइनल गर्ने निर्माणपक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *