निर्देशक मीन भामको चलचित्र ‘सम्बाला’को प्रिमियरमा सहभागि हुन नेपाल आएका अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली चलचित्रमा काम गर्ने रहर भएको बताएका छन् ।
नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिदै आफुले नेपाली चलचित्रमा काम गर्ने बताएका हुन् । नवाजले आफुले नेपाली चलचित्रमा केहि न केहि काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए ।
उनले भने- ‘म अभिनयको सवालमा केहि गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट चलचित्र बनेको छ । यस्तो चलचित्र बनाउन ठुलो सहास चाहिन्छ । चलचित्रमा पेमाको अभिनय निकै उत्कृष्ट सिनेमेटोग्राफी उत्कृष्ट छ ।’
अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफुले न्यानो आतिथ्य पाएको बताउदै नेपालीहरुले निकै राम्रो व्यबहार गरेको बताए ।