आजको चियोचर्चा: कल्की प्रदीप, पल र पूजाको रोमान्स के हो ? पोखरामा आँचलको वा..वा, चर्चामा ‘ज्वाइँ साब’को टिजर (भिडियो)

१२ भदौ २०८१ १२:३३

‘ज्वाइँ साब’को टिजरको चर्चा: असोजको २४ गते अर्थात फूलपाती बाट प्रदर्शनमा आउने चलचित्र ‘ज्वाइँ साब’को टिजर रिलिज भएको छ। यो चलचित्रको टिजर रिलिज सँगै एकाएक चर्चा चुलिएको हो । नायिका नीति शाह र कलाकार जितु नेपालको मुख्य भूमिका रहेको यो चलचित्रलाई निर्देशक बसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रको टिजर निकै रमाइलो र केही सस्पेन्स पनि लुकेको अनुमान गर्न सकिन्छ । दसैंमा यो चलचित्रले पूर्ण रुपमा मनोरन्जन दिने निर्देशक निरौलाको दाबी छ।

पल र पूजाको रोमान्स : चलचित्र रावायणको नयाँ गीत रिलिज गरिएको छ। यो गीतमा पल र पूजाको रोमान्स देख्न सकिन्छ । यो गीतमा पल र पूजाले एकअर्का बिना बाँच्न नसक्ने जनाएका छन् । यो गीत हेर्दा दोहोरो भूमिकामा रहेका नायक पल शाहको दुइटै भूमिकाले नायिका पूजा शर्मा सँग प्रेम गरेको र सोही प्रेमका कारण युद्द भएको अनुमान गर्न् सकिन्छ ।

पोखरामा आँचलको क्रेज : शुक्रबार बाट रिलिजमा आउने चलचित्र ‘वर एण्ड वधु’को मोफसल प्रिमियर पोखरामा सम्पन्न गरिएको छ । पोखराको मिडटाउन हलमा मंगलबार बेलुकी आयोजित प्रिमियर कार्यक्रममा यो चलचित्रका कलाकार, निर्देशक मिलन चाम्स र निर्मात्री जानुका थापा सहभागी भए । पोखरामा आयोजित प्रिमियरबाट उत्कृष्ट प्रतिक्रियाका साथै नायिका आँचल शर्माले यतिबेला राम्रै चर्चा बटुलेकी छिन् । त्यस्तै, निर्देशक तथा कलाकार माउत्से गुरुङले फेसबुकमा स्टाटस लेख्दै, यो चलचित्र हेरेपछि आँचलको फ्यान भएको जनाएका छन् ।

कल्की अवतारमा प्रदीप खड्का: भोलिबाट छायांकनमा जाने चलचित्र ‘एक्लो’को मुख्य नायक प्रदीप खड्काको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको पोस्टरमा नायक प्रदीप खड्का ‘कल्की’को अवतारमा प्रस्तुत छन् । यो बर्षकै ब्लकबस्टर साउथ चलचित्र ‘कल्की’मा नायक प्रभाष शीर्ष भूमिकामा देखिएका थिए । सोही नामलाई सापटी लिँदै निर्माणपक्षले प्रदीपको पात्र चयन गरेको छ । यो पोस्टर सार्वजनिक गरिएसङै दर्शकमाझ कौतुहलता बढाएको छ ।

‘आउटलः दफा २१९’ पोस्टपोन्ड : नायक शुशिल श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले मङबार एक विज्ञप्ति जारी गर्दै चलचित्रको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।

पोखरामा कुसुम शर्माको चर्चा : पोखरामा प्रिमियर गरिएको चलचित्र ‘वर एण्ड वधु’ मा नायिका कुसुम शर्माले धुम मच्चाएकी छिन् । उनले मंगबार बेलुकी आयोजना गरिएको प्रिमियरमा सबैको ध्यान केन्द्रित गर्ने पहिरन लगाएकी थिइन् । जुन पहिरनमा उनी सेक्सी देखिएकी थिइन् र उनीप्रती सबैको ध्यान केन्द्रित भएको थियो ।

हेरौ भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *