नायक तथा निर्देशक विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१२ गाउँ’को प्रदर्शन मिती घोषणा भएको छ । मंगलबार बेलुकी निर्माणपक्षले यो चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै आगामी असोजको २४ गते अर्थात् फूलपातिलाई प्रदर्शन घोषणा गरेको हो ।
अबको केही दिनमा यो चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी गरेका विराजले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने उद्देश्यसहित आफूहरूले निकै मिहिनेत गरेको जनाएका छन् ।
विराजका छोरा समीर भट्टको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक पोष्टरमा समीरको एक्सन अवतार देख्न सकिन्छ । यो चलचित्र बाट समीर भट्टले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । यो उनको डेब्यु चलचित्र हो ।
यसअघि यो मितिमा ‘छक्का पन्जा ५ र ज्वाइँ साब’ले प्रदर्शन मिती तय गरिसकेको छ । अब विराजको चलचित्र पनि फूलपातीमा आउने भएपछि यो मितिमा ३ वटा चलचित्र प्रदर्शनमा आउने भएको ।
यो चलचित्रमा नायक तथा निर्देशक विराज भट्ट र समीर भट्टको अलावा न्यान्सी खड्का, सनिसा भट्टराई लगायतका कलाकारहरूको अभिनय छ ।