‘जन्ते बाख्रो’मा आसिफ शाह अनुबन्धित

२९ साउन २०८१ १४:२२

निर्देशक सिमोस सुनुवारले निर्देशन गर्ने चलचित्र ‘जन्ते बाख्रो’मा आसिफ शाह अनुबन्धित भएका छन् । निर्माणपक्ष र आशिफ बिच मंगलबार कागजी संझौता भएको हो ।

आगामी तिहार लगत्तै छायांकन सुरु हुने यो चलचित्रमा यो भन्दा अगाडि नायक सौगात मल्ल अनुबन्धित भएका थिए । अहिले आसिफलाई निर्माणपक्षले अनुबन्धित गरेको छ । यो चलचित्रको लागि अझै केही कलाकार अनुबन्धित गर्ने निर्देशक सिमोसले बताए ।

साथै निर्माणपक्षले यो चलचित्रको नायिका र अन्य केही कलाकारहरूका लागि अडिसनको पनि आह्वान गरेको छ । चलचित्रको अडिसनमा सहभागी हुनका लागि देशभरका हलबाट ४ सय बढी युवायुवतीहरूले आवेदन दिएका छन् ।

कमेडी जनरामा निर्माण हुने यो चलचित्रले बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजको कथा पेश गर्नेछ। यो चलचित्रमा सन्तोष गौतम र सिमोस सुनुवारको लगानी रहनेछ ।

मुईन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रमा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद रहनेछ । यो चलचित्रलाई हरि हुमागाँइले छायांकन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *