‘ज्वाई साब’को फस्टलुकमा जितु र नीतिको बिहे

२९ साउन २०८१ ६:०४

निर्देशक बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘ज्वाइँ साब’को प्रदर्शन मिति तय गरिएको छ । मंगलबार निर्माणपक्षले फस्टलुक पोस्टर रिलिज गर्दै आगामी असोजको २४ गते फूलपातिलाई चलचित्रको प्रदर्शन मिति तय गरेको हो।

सार्वजनिक पोस्टरमध्यको एक पोस्टरमा जितु र नीतिलाई बेहुलाबेहुलीको अवतारमा प्रस्तुत गरिएको छ । त्यस्तै, अर्को पोस्टरमा जितु नेपाल, नीति शाह, बुद्दी तामाङ र हिमेस पन्त प्रस्तुत छन् । हिमेर र बुद्धिले डोलिमा जितुलाई बोकेको देख्न सकिन्छ भने नीति अगाडि उभिरहेकी छिन् ।

अहिले धमाधम पोष्ट प्रोडक्शनको काम भइरहेको यो चलचित्रको अब एक गीतको मात्र छायांकन गर्न बाँकी छ । यो चलचित्रको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । यो चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्रमा जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको अलवा फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *