‘मोहर’मा बेनिशा हमालको प्रवेश

२८ साउन २०८१ ९:३१

निर्देशक ओम प्रतिकको निर्देशनमा तयार हुने चलचित्र ‘मोहर’मा नायिका बेनिशा हमालको प्रवेश भएको छ । उनले शुक्रबार यो चलचित्र साइन गरेको निर्माणपक्षले बताएको हो । यसअगाडी यो चलचित्रमा नायक पल शाह, नायिका नीति शाह र अर्जुनजंग शाही फाइनल भइसकेका छन् ।

निर्माणपक्षले बताए अनुसार उनी यो चलचित्रमा प्रमुख भूमिकामा अनुबन्धित भएकी हुन् । आगामी माघ ४ देखि सुदूरपश्चिममा छायांकन सुरु गरिने यो चलचित्रको अहिले कलाकार छनोटका कामहरु, वर्कसप र गीतको काम भइरहेको छ ।

मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा ओम प्रतिककै लेखन छ । यो चलचित्रलाई चुम्बन जंग शाहीले निर्माण गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *