हेर्नुहोस् ‘वर एण्ड वधु’को तीन नयाँ पोस्टर

२८ साउन २०८१ १:३९

आगामी भदौको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘वर एण्ड वधु’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार निर्माणपक्षले यो चलचित्रको तीन नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक एक पोस्टरमा यो चलचित्रका सबैजसो कलाकार प्रस्तुत छन् । त्यस्तै, अर्को दुई पोस्टरमा चलचित्रका मुख्य पात्र नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक अवतारमा प्रस्तुत छ्न् ।

रोमान्टिक कमेडी जनरामा निर्माण गरिएको यो चलचित्र दर्शकको लागि निकै प्रतिक्षित बनेको छ । चलचित्रको दुई वटा गीत सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले निकै रुचाएका छन् ।

निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदीप भारद्वाजको लेखन, डाक्टर अमित रिजाल कार्यकारी निर्माता, जानुका थापाको लगानी, सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी र हिमाल केसीको एक्सन रहेको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा आँचल शर्मा र विवेकको साथमा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *