सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति चलचित्र ‘रोल नं १’ निर्माणको घोषणा गरिएको छ । यो चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
निर्देशक जोन योञ्जनले निर्देशन गर्ने यो चलचित्रमा जोनकै कथा रहनेछ । सार्वजनिक पोस्टरमा कक्षाकोठाबाट अन्तिम बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेका छन् ।
यो चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त सिवाकोटीको संगीत रहनेछ । यो चलचित्रको लागि कलाकार छिट्टै फाइनल गर्ने तयारीमा निर्माणपक्ष छ ।
सेभेन सिजले अहिले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी निर्माण गरिरहेको छ । यो चलचित्रको सम्पूर्ण काम सकेलगतै ‘रोल नं १’को छायांकन सुरु गर्ने निर्माणपक्षको तयारी छ ।