‘वर एण्ड वधु’को दोस्रो गीतमा दुई परिवारको दोहोरी

१८ साउन २०८१ १२:००

निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘वर एण्ड वधु’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘इतिहासमा चर्चा चल्छ’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्ता उदासको शब्द रहेको यो गीतको भिडियोमा बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरीलाई देखाइेको छ ।

यो गीतको सार्वजनिक भिडियोमा यो चलचित्रका मुख्य कलाकारहरू आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, विजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचर्ड छन् ।

आगामी भदौको १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जानुका थापाले निर्माण गरेकी हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा अमृत रिजाल छन् । यो चलचित्रमा प्रदीप भारद्वाजको कथा, सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *