काठमाण्डौँको सामाखुसीमा अवस्थित सिटी स्क्वायर मलको नौँ तल्लामा QFX चेनको अर्को हल खुलेको छ । बिहिबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा यो हलको उद्घाटन गरेका हुन् ।
करिब १८ करोडको लागतमा निर्माण भएको यो हलमा तीन वटा पर्दा रहेको छ। यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ चलचित्र हेर्न पाउनेछन् । साथै, हरेक पर्दामा सोफा सेट सहित सुतेर समेत चलचित्र हेर्ने सिटहरु जडान गरिएको छ ।
साथै, यो हलका सवै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले बताए ।
यो हललाई नेपालकै अग्रडी मल्टीप्लेक्स चेन क्यू एफ एक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिदै देशभर आफ्नो हल संख्या १७ वटा पुर्याएको छ ।