पितृसत्तात्मक सोचले भरिएको ‘सतीदेवी’को ट्रेलर सार्वजनिक
१८ साउन २०८१ ५:३०
आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाएको छ ।
यो चलचित्रको मुख्य प्रमुख भूमिकामा रहेकी अभिनेत्री मलिका महतलाई नै ट्रेलरमा केन्द्र राखिएको छ ।
निर्देशक लक्ष्मण सुवेदीकै लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय छ ।