फ्राइडे रिलिज : हलमा ‘मोदीबेनी’

१८ साउन २०८१ ४:५९

आज शुक्रबार बाट चलचित्र ‘मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ। देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शोहरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए।

एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो। रिलिजको दुइदिन अगाडि चलचित्रको भव्य प्रिमियर गरिएको थियो ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। उत्सव दाहालले छायांकन, भरत रेग्मीको सम्पादन, राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।

शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनि तारिफ गरिएको छ। यो चलचित्रमा वर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ। यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *