नारी बेदनाले भरिएको ‘बुलाकी’को ‘सधैं पछि परन्या हुन् स्त्री’
१७ साउन २०८१ ४:५०
निर्देशक लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘बुलाकी’को नयाँ गीत सार्वजनिक भएको छ । बुधवार युट्युब मार्फत ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीत सार्वजनिक गरिएको हो।
नारीको बेदनाको कथाले भरिएको यो गीतमा समीक्षा अधिकारीको स्वर, बाबुल गिरीको शब्द तथा संगीत छ । सार्वजनिक यो गीतको भिडियोमा यो चलकित्रका मुख्य पात्रहरु सुरक्षा पन्त, विराज विष्ट र नरेन खड्का लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।
आगामी साउनको ३२ गतेबाट पुनः रिलिज हुन लागेको यो चलचित्रलाई छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण गरिएको यो चलचित्रले देशका विभिन्न नाम चलेका अवार्डहरू प्राप्त गरिसकेको छ ।
स्वर्गीय मोती विष्टको प्रस्तुतिमा निर्माता टोपेन्द्र विष्टले निर्माण गरेको यो चलचित्रमा अर्जुन जिसीको सम्पादन र शिव ढकालको छायांकन रहेको छ । यो चलचित्रलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।