पल शाहको ‘रावायण’ अवतार

१६ साउन २०८१ ११:४८

नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘रावायण’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक यो चलचित्रको फस्टलुक पोस्टरमा नायक शाह फिचर्ड छन् ।

नायिका पूजा शर्माको निर्माणमा तयार भएको यो चलचित्रको पोस्टरमा नायक पल फरक अवतारमा प्रस्तुत छन् । उनी लामो दाह्री र क्रोधित अवतारमा प्रस्तुत भएका छन् । यो चलचित्र आगामी भदौको २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

निर्देशक सुदर्शन थापाको निर्देशन रहेको यो चलचित्रमा शिवम् अधिकारीको लेखन, सुदर्शन थापाको कथा, प्रदीप श्रीवास्तवाको पटकथा, सौरभ लामाको डीओपी, मिलन श्रेष्ठको सम्पादन र श्री श्रेष्ठको एक्सन रहेको छ ।

सुसन पाठक कार्यकारी निर्माता रहेको यो चलचित्रमा पल र पूजाको अलावा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश शाह लगायतको अभिनय छ । यो चलचित्रमा पल शाह दोहोरो भूमिकामा प्रस्तुत छन् । चलचित्रको टिजर यही शुक्रबार रिलिज गर्ने तयारीमा निर्माणपक्ष जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *