मायाप्रेम र द्धन्द्धले भरिएको ‘नम्बरी सुन’को ट्रेलर

९ साउन २०८१ ११:५२

राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको ओ ।

यही साउनको २५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको सार्वजनिक ट्रेलरमा मायाप्रेमले निम्त्याउने द्धन्द्ध बिचको कथालाई प्रस्तुत गरिएको छ । यो चलचित्रको मुख्य कथा भनेको सरोज खनालको हुकुमी शैली हो ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सरोज खाती, सविन खाती, मनोज रिजाल निर्माता, शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

नारायण खाती प्रस्तुतकर्ता रहेको यो चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ । यो चलचित्रलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *