निर्देशक सञ्जोग राइको निर्देशनमा तयार भएको चलचित्र ‘देवी’को दुई पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई कलाकारहरु नाजिर हुसेन र गौरव पहारी प्रस्तुत छन् ।
आगामी भदौको २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रले क्राइम थ्रीलर कथा भन्छ । निर्देशक राइले आफूले व्यवसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए । चलचित्रले महिलामाथि हुने यौन हिंसा विरुद्धको कथा पेश गर्छ ।
एक्जिबिट स्टूडियोको प्रस्तुति र बाँसुरी फिल्मस्ले निर्माणमा सहकार्य गरेको यो चलचित्रमा रमेन गुरुङ, नारायण राई र सञ्जोग राइको निर्माण, कार्यकारी निर्माता जावेद खान तथा सह निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको चलचित्रको पटकथामा निर्देशक राइलाई अजय गौतमले साथ दिएका छन् ।
यो चलचित्रमा शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था संचालकको भूमिकामा छन् । यो चलचित्रमा टीका पहारीको पनि अभिनय छ । यो चलचित्रलाई मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् ।