‘बर एण्ड वधु’को गीतमा आँचल र विवेकको रोमान्स

६ साउन २०८१ ११:११

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले ‘तिमी सँग’ बोलको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । सार्वजनिक यो गीतको भिडियोमा यो चलचित्रको मुख्य दुई कलाकारहरू नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा जानुका थापाको निर्माण छ । अमित रिजाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, प्रदीप भारद्वाजको लेखन छ ।

आगामी भदौको १४ गतेबाट देशव्यापी प्रदर्शन गरिने यो चलचित्र सामाजिक कथावस्तुमा निर्माण गरिएको निर्माणपक्षले बताएको छ । yo ई चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

यो चलचित्रमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *