‘हन्टर’मा अरुणसँग जोडी बाँदै गरिमा

६ साउन २०८१ ६:४४

क्याच कक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘हन्टर’मा नायिका गरिमा शर्माको मुख्य भूमिका रहनेछ । लगातार सह–नायिकाको भूमिकामा देखिदै आएकी उनी अब भने यो चलचित्र मार्फत मुख्य भूमिकामा देखिने भएकी छिन् ।

यो चलचित्रको लागि अहिले दैनिक रुपमा वर्कआउड गरिरहेकी उनको यो चलचित्रमा मुख्य भूमिका पक्का भइसकेको छ । यो चलचित्रमा गरिमाको अपोजिटमा नायक अरुणा क्षेत्री देखिदैछन् ।

जीवन सिंहले निर्देशन गर्ने यो चलचित्रलाई एक्सन जनरामा निर्माण गरिने निर्माणपक्षले बताएको छ । यो चलचित्रमा पूर्णिका सिजापति, मिस पवीको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकार केही दिनमा फाइनल गर्ने निर्माणपक्षको तयारी छ ।

आगामी मङसिरबाट छायांकन गर्ने यो चलचित्रमा निर्देशक जीवन सिंहकै निर्माणमा तयार हुन लागेको यो । सुदुरपश्चिम लगायतका ठाउँमा छायांकन गरिने चलचित्रको सह–निर्मातामा ईश्वर शर्मा र छायांकन महेश पौडेलको रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *