‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा

४ साउन २०८१ ११:१८

जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलको लेखन तथा निर्देशन रहने चलचित्र ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजित गर्दै यो चलचित्रको औपचारिक निर्माणको घोषणा भएको हो ।

कमेडी जनरामा निर्माण हुने यो चलचित्रलाई निर्देशक कुमारले यो चलचित्रलाई सिंगो नगरीको चलचित्र भएको बताए । कार्यक्रममा कुमारको जन्मदिनको सेलिव्रेशन समेत गरिएको थियो ।

आगामी फागुनको १४ गतेबाट रिलिज गर्ने घोषणा गरिएको यो चलचित्रमा नवीन श्रेष्ठ निर्माता र रमेश नरेश शाह सह–निर्माताको रुपमा छन् । त्यस्तै, सुदीप बरालको छायांकन रहने यो चलचित्रबाट मुकुन्दले १२ बर्षपछि कमब्याक गर्दैछन् ।

यो चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, कमलमणी नेपाल, माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *