‘ईश्वर’को ‘पुरा भयो सपना’मा ध्रुव र कृष्टिको रोमान्स

२९ असार २०८१ १५:२९

राजु गिरी निर्देशित चलचित्र ‘ईश्वर’को ‘पुरा भयो सपना मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्र रिलिज मिती नजिकिदै गर्दा निर्माणपक्षले शुक्रबार यो गीतको भिडियो रीलिज गरेको हो ।

रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ । कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड यो गीतमा यी दुइलाई रोमान्टिक भावमा देख्नसकिन्छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हरिबहादुर थापाको निर्माण छ । यो चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । यो चलचित्रको प्रस्तुतकर्ता लक्ष्मी कुँवर थापा हुन् ।

आगामी साउन ११ गतेबाट रिलिज हुने यो चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन छ ।

यो चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *